बाँकेको नरैनापुर गाउँपालिका ४ खोदवामा शनिबार भएको भीषणआगलागी बाट पीडित १२० घर परिवारलाई राहत वितरण गरीएको छ । वाइसीएल नेपाल बाँके जिल्लाको नेतृत्व तथा अव्यवस्थित, भुमिहिन, सुकुमबासी संघर्ष समिती कोहलपुर नगरपालिका ११ शान्तिनगरको सहकार्यमा आगलागी पीडितलाई करिब १ लाख बराबरको सहयोग उपलब्ध गराईएको हो ।
बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज अथक, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङ, लुम्बिनी प्रदेश सांसद कृष्ण केसी नमुना, योङ कम्युनिस्ट लिग नेपालका केन्द्रिय सचीव रतन शाही, केन्द्रिय सदस्य मनिषा चदारा, केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज सुरज जागा, वाईसीएल बाँके जिल्ला संयोजक आकास कार्की लगाएतको उपस्थितिमा नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाह मार्फत सहयोग हस्तान्तरण गरिएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाँके जिल्ला संयोजक आकास कार्कीका अनुसार पिडित परिवारलाई दिनहु आवश्यक अत्यावश्यक सामग्री उपलब्ध गराईएको हो । सहयोग हस्तान्तरण कार्यक्रमपछि बोल्दै वाईसीएल बाँकेका ईन्चार्ज सुरज जागाले वाईसीएल नेपाल सधैं नागरिकको सुरक्षा र सेवामा लागीपर्ने र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए ।

२३ चैत्र २०७७, सोमबार २२:३६ प्रकाशित