१३ बैशाख २०८१, बिहीबार
नेपालगन्जमा हात्तीपाईले बिरुद्धको औषधी खुवाउन सुरु
  • काँचुली खबर

शुक्रबारदेखि नेपालगन्ज उपमहानगरपालिकामा हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउन सुरु गरीएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम-२०७७ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतले शुक्रबार बिहान हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गरि कार्यक्रमको सुभारम्भ गरेका छन ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार पहिलो दिन शुक्रबार विभिन्न स्थानमा राखिएका बुथकेन्द्रमा औषधी सेवन गराईएको छ ।

शनिबारदेखि भने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरमै पुगेर औषधी खुवाउनेछन् । नेपालगञ्जमा हात्ती पाईले रोग निवारण कार्यक्रमका लागि १११ जना स्वास्थ्यकर्मी र २०१ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरिएको छ ।

औषधी सेवन अभियान चैत मसान्तसम्म सञ्चालन हुने भएको छ ।

नेपालगन्जमा यसपटक एक लाख ४९ हजार ९२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।

  • २० चैत्र २०७७, शुक्रबार १७:५३ प्रकाशित
  • Nabintech