१४ बैशाख २०८१, शुक्रबार
यातायात मजदुरबीचको झडपमा एकको मृत्यु
  • काँचुली खबर

जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका-२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका-४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले जानकारी दिए । प्रहरीका अनुसार जाजरकोट-डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपका क्रममा नलगाड-४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको डीएसपी थापाले बताए ।

  • २० चैत्र २०७७, शुक्रबार १६:५१ प्रकाशित
  • Nabintech