१६ चैत्र २०८०, शुक्रबार
रुरु जलविद्युतको आइपिओ आजबाट खुला
  • काँचुली खबर

रुरु जलविद्युत परियोजना लिमिटेडको धितो पत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आजबाट विक्री खुला हुँदै छ । कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० अङ्कित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुटाएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

  • २० चैत्र २०७७, शुक्रबार ०८:४८ प्रकाशित
  • Nabintech