१६ चैत्र २०८०, शुक्रबार
बैजनाथमा माओवादीको जागरण अभियान सुरु
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रले बाँकेको बैजनाथमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ ।

माओवादी केन्द्र बाँकेको बिस्तारित बैठकले जिल्लाका बिभिन्न क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिहिबारबाट बैजनाथमा समेत अभियान सुरु गरीएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

अभियानको पहिलो दिन बैजनाथ गाउँपालिका वार्ड नं. ३ मा पर्शुराम चौधरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरीएको छ । साथै सोही वडामा कमल बमको संयोजकत्वमा १९ सदस्यीय वाईसिएल कमिटी तथा अस्मिता विकको संयोजकत्वमा २१ सदस्यीय अनेम संघ (क्रान्तिकारी) को कमिटी गठन गरीएको पाण्डले जानकारी दिए ।

वडा हुँदै टोलसम्म पुगेर संगठन सुदृढ तथा बिस्तार गर्ने र स्थानियसँग भेटघाट गर्ने उद्धेश्यले एक महिने अभियान संचालन गरीएको पाण्डेले बताए ।

अभियान अन्तर्गत जन गुनासाहरु संकलन, बिकास र निर्माणका सम्भावना बारे छलफलका साथै पार्टी सदस्यता बितरण र जनवर्णिय संगठनहरु समेत निर्माण गरीने छ ।

  • २० चैत्र २०७७, शुक्रबार ०८:१९ प्रकाशित
  • Nabintech