१३ बैशाख २०८१, बिहीबार
लुम्बिनी प्रदेश महासंघमा ५२ जनाको उम्मेदवारी
  • काँचुली खबर

आसन्न पत्रकार महासंघको निर्वाचनकालागि लुम्बिनी प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन । बिहिबार लुम्बिनी प्रदेश निर्वाचन समितिले जारी गरेको उम्मेद्धारहरुको प्रथम नामावालीमा ५२ जनाको नाम समावेश गरीएको छ ।

प्रदेश अध्यक्षमा धनश्याम गौतम, बसन्त गिरी र भरत केसीले मनोनयन दर्ता गराएका छन त्यसैगरी उपाध्यक्षमा गाणेश कुमार आचार्य, शुक्रऋषि चौलागाई, माधव भाट र शिवलाल सुवेदीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा चुमा आचार्य र पुष्पा खनालले उम्मेदवारी दिएका छन भने महासचिवमा गोबिन्द शर्मा, बिक्रम खड्का, विश्वराज पछलङ्या र श्यामलाल श्रेष्ठको उम्मेदवारी परेको छ ।

सचिवमा काशीराम शर्मा, जयसिंह केसी, नरेश केसी, तिलक गाँउले र रमेश पोखरेलले उम्मेदवारी दिएका छन भने समावेशी सचिवमा राजेन्द्र रावत क्षेत्री र शिव कुमार सुनारको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुषाल र यमनाथ घिमिरेले उम्मेदवारी दिएका छन ।

खुल्ला सदस्यमा ११, महिला सदस्यमा ५, दलित सदस्यमा ३, आदिवासी/जनजाती सदस्यमा ४, मधेशी सदस्यमा ४ र अल्पसंख्यक सदस्यमा २ जनाले उम्मेनवारी दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन समितिले जानकारी गराएको छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत यहि चैत्र २५ गते केन्द्र, प्रदेश र जिल्लामा एकैपटक पत्रकार महासंघको आगामी नेतृत्वकोलागि निर्वाचन हुँदैछ ।

  • १९ चैत्र २०७७, बिहीबार १९:१० प्रकाशित
  • Nabintech