१४ बैशाख २०८१, शुक्रबार
ट्रोल बन्दै परिणीति चोपडाको ‘नग्न’ फोटोसुट
  • काँचुली खबर

परिणीति चोपडा आजकाल आफ्नो फिल्म साइनाका लागि चर्चामा छिन् । यस वर्ष उनी एकपछि अर्को गर्दै विभिन्न प्रोजेक्टमा देखिने भएकी छिन् । यी खबरका बीच परिणीतिको एउटा फोटोसुट चर्चामा छ । यो फोटोसुटमा परिणीति चोपडा नग्न अवतारमा देखिएकी छिन् । परिणीति चोपडाको यस्तो रुप देखेपछि कतिले उनको यो बोल्डनेसको तारिफ गरेका छन् भने कतिले मज्जाले ट्रोल गरिरहेका छन् ।

डब्बू रत्नानीको क्यालेन्डरमा सनी लियोनी, कृति सेननदेखि कियारा आडवाणीसम्मका थुप्रै नायिकाले बोल्ड फोटोसुट गराएका छन् । अब यो सूचीमा परिणीति चोपडाको नाम आएको छ । डब्बू रत्नानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा परिणीति चोपडा फोटो सेयर गरेका छन् ।

यो फोटोमा परिणीति नग्न देखिएकी छिन् । यो फोटोमा धेरैले कमेन्ट पनि गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘गाडी आएको छ, घरबाट फोहोर निकाल ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो त फोहोर हो, यसलाई चाँडै नै फ्याँक ।’

स्मरण रहोस्, परिणीति चोपडाले बडी सेमिङबारे आफ्नो कुरा राख्दै करियरको सुरुवातमा आफ्नो बढेको तौलका कारण उनले निकै आलोचना झेल्नुपरेको बताएकी थिइन् । उनले बडी सेमिङलाई धर्तीको सबैभन्दा हास्यास्पद चिज भएको बताएकी छिन् ।

  • १९ चैत्र २०७७, बिहीबार १८:३६ प्रकाशित
  • Nabintech