७ बैशाख २०८१, शुक्रबार
मिसनकर्मी डिल्ली शाही सम्मानित
  • काँचुली खबर

बाँकेको कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिकका समचारदाता डिल्ली शाही सम्मानित भएका छन् । कोहलपुर नगरपालिकाको १२ र १३ नं. वडालाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा शाही सम्मानित भएका हुन् ।

बिहिबार बाल अधिकार समितिको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका लुट बहादुर रावतले मिसनकर्मी शाहीलाई सम्मान गर्दै सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यसअघि पनि उनलाई समाज सेवा संस्था नेपालले पत्रकारीताको माध्यमबाट लागुऔषध प्रयोग न्यूनिकरणमा महत्पूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेको थियो ।

त्यस्तै झगरीलाल वाग्ले युवा पत्रकारिता पुरस्कारबाट समेत शाही पुरस्कृत भईसकेका छन् । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा स्थापना गरेको यूवा पत्रकारिता पुरस्कारबाट उनलाई पुरस्कृत गरीएको थियो ।

  • १९ चैत्र २०७७, बिहीबार १६:११ प्रकाशित
  • Nabintech