११ बैशाख २०८१, मंगलवार
किन मनाईन्छ अप्रिल फूल ?
  • काँचुली खबर

अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख । आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन् ।

अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने एकीन तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो । तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले ।

१६ हौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो । तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेलासम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो । यसरी नै अप्रिल फूलको सुरूवात भएको हो ।

  • १९ चैत्र २०७७, बिहीबार १५:३९ प्रकाशित
  • Nabintech