१५ चैत्र २०८०, बिहीबार
गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन बढ्यो
  • काँचुली खबर

बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि भएको छ ।

ब्रिटिश सरकारले हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यसवर्ष पनि पेन्सन बढेको हो ।

बेलायती रक्षा मन्त्रालयका अनुसार यस वर्ष नेपालमा बढेको महंगीलाई समायोजन गर्न २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको छ ।

जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरुले अप्रिल १ देखि २३ हजार ६४७ रुपैयाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउने छन् । जसको नेपाली मुद्रामा सटही हुँदा ३७ हजार ८३६ रुपैयाँ हुन आउँछ ।

बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर भूतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सन दिने भएकाले अहिले बढेको पेन्सन पनि भारतीय मुद्रामै रहेको छ ।

  • १९ चैत्र २०७७, बिहीबार ०९:०२ प्रकाशित
  • Nabintech