नेकपा माओवादी केन्द्रले कोहलपुरमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ ।
माओवादी केन्द्रको चैत्र १३ गते बसेको बिस्तारित बैठकले कोहलपुर क्षेत्रमा एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत बुधबारबाट अभियान सुरु गरीएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अभियानको पहिलो दिन कोहलपुर नगरपालिकाका ७, १४ र १५ नम्बर वडाका स्थानियहरुसँग भेटघाट तथा छलफल गरीएको छ । वडा हुँदै टोलसम्म पुगेर संगठन सुदृढ तथा बिस्तार गर्ने र स्थानियसँग भेटघाट गर्ने उद्धेश्यले एक महिने अभियान संचालन गरीएको न्यौपानेले बताए ।
अभियान अन्तर्गत जन गुनासाहरु संकलन, बिकास र निर्माणका सम्भावना बारे छलफलका साथै पार्टी सदस्यता बितरण र जनवर्णिय संगठनहरु निर्माण गरीने छ ।

१९ चैत्र २०७७, बिहीबार ०८:४० प्रकाशित