१४ बैशाख २०८१, शुक्रबार
बुद्ध एयरको नेपालगञ्जबाट दैनिक ५ उडान
  • काँचुली खबर

हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ ।

बुटवल नारायणगण सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएसँगै हवाई सेवा बढाएको बुद्धले जनाएको छ । यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले केही समय अगाडी मात्रै एटीआर-७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर-७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुद्ध एयरसँग रहेको छ ।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट पनि गरिरहेको छ ।

  • १८ चैत्र २०७७, बुधबार १५:३१ प्रकाशित
  • Nabintech