११ बैशाख २०८१, मंगलवार
युट्युबमा हिट हुँदै हिमांशुको ‘न्यूरोड घुमाउछु’
  • काँचुली खबर

गायक तथा संगितकार हिमांशु शाहीको नयाँ गित ‘न्यूरोड घुमाउँछुु’ ले दर्शकको मन जित्न सफल भएको छ । शाहीकै शब्द तथा संगीतमा रहेको उक्त गितमा पछिल्लो समयका चर्चित गायक निसान भट्टराई र नव गायीका बसन्ती हमालले स्वर दिएका छन ।

‘न्यूरोड घुमाउछु’ बोलको गित सार्वजनिक भएको दुई हप्तामै लाखौ दर्शकहरुको अपार माया पाएको छ । युट्युबमा भिडियो सार्वजनिक भएको दुई हप्तामै करिब १ लाख २५ हजार भन्दा बढि दर्शकहरुले हेरीसकेका छन् भने यो क्रम अझै बढ्ने देखिन्छ ।

विदेश जान्छु पैसा कमाउछु अनि मत आउछु मेरो मायालुलाई काठमान्डु सहर न्यूरोड घुमाउछु गितको अडियो जति प्रेमिल लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक अनि प्रेमिल रहेको छ ।

गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा सन्तोष बानियाँ र लिजा क्षेत्रीलाई फिचर्ड गरिएको छ । शन्तोष बानिया र लिज्जा क्षेत्रीको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ । गीतको भिडियोलाई सुबोल थापाले कोरीयोग्राफ गरेका हुन् भने, उत्तम हुमागाईले भिडियोकोे छायाँकन गरेका हुन् ।

गीतको भिडियोमा नविन निरौलाको कलर तथा सम्पादन रहेको छ । गीतको भिडियोलाई ‘साहारा टिभि खबर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हिमांशुको आफ्नो उत्कृष्ट शब्द सिर्जनामा केहि गितहरु यस अघि नै सार्वजनिक भईसकेका छन ।

  • १८ चैत्र २०७७, बुधबार १३:५४ प्रकाशित
  • Nabintech