८ बैशाख २०८१, शनिबार
अर्जे्न्टिनाको हारले विक्षिप्त युवाले लेखे सुसाइड नोट, बिहिबारदेखि बेपत्ता
  • काँचुली खबर

फिफा विश्वकप २०१८ मा आफूले समर्थन गरेको टिम अर्जेन्टिनाले हार व्यहोरेपछि निराश भएका एक भारतीय युवाले आत्महत्या गरेको आशंका गरिएको छ । केरलाको कोट्टायम जिल्लाका एक लेखापाल बिहिबार राती अर्जेन्टिनाको खेल हेरेपछि बेपत्ता भएका हुन् । उनी घरबाट हराएपछि उनको परिवारले प्रहरीमा रिपोर्ट गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको कोठाबाट एउटा सुसाइड नोट भेटेको छ ।

प्रहरीले भेटेको त्यो नोटमा उनले अब जीवनमा देख्न केही बाँकी नरहेकाले आफूले जीवन अन्त्य गर्ने सोच बनाएको लेखिएको छ । त्यसैले प्रहरीले यसलाई सुसाइड नोट हुनसक्ने आशंका गरेको छ । उनले त्यो नोटमा अर्जेन्टिनाको हारका कारण आफू निराश भएको पनि उल्लेख गरेका छन् । उनका साथीहरुले प्रहरीलाई उनी लियोनल मेसीका फ्यान भएको र उनको मोबाइलमा मेसीका फोटोहरु भएको पनि बताएका छन् । प्रहरीले उनको खोजीमा प्रयोग गरेका कुकुर घर नजिकैका नदीमा गएकाले उनले नदीमा हाम्फालेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

  • ९ असार २०७५, शनिबार १७:२८ प्रकाशित
  • Nabintech