१५ चैत्र २०८०, बिहीबार
पत्रकार चाैधरीमाथि आक्रमण, दाेषिलाई कारबाहिकाे माग
  • काँचुली खबर

बाँकेका पत्रकार हेमन्त चाैधरीमाथि आक्रमण भएकाे छ । समाचारकाे विषयलाई लिएर एक समुहले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनको खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ । बैजापुरस्थित क्लिनिकमा उपचार पछि उनी घर फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।
आक्रमणमा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कानून बमोजिम कारबाही गर्न पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले माग गरेका छन् ।

  • १६ चैत्र २०७७, सोमबार २१:१९ प्रकाशित
  • Nabintech