अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा मन्जु सत्याल चयन भएकी छन । शनिबार कोहलपुरमा सम्पन्न संघको दोस्रो भेलाले सत्यालको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति चयन गरेको छ ।
नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सभा सदस्य उषा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ समितीको उपाध्यक्षमा प्रेमानाथ योगि, बिष्णु चौधरी र सर्मिला शर्मा बोगटी, सचिवमा जुना बिक, सह सचिवमा राधा थारु तथा कोषाध्यक्षमा बिष्णु माया रोकाय सर्वसम्मत चयन भएका छन ।
१४ चैत्र २०७७, शनिबार १८:२५ प्रकाशित