संगठित हुँदै जनमुक्ति सेना, चैत्र ३० गते बृहत्त भेला
  • काँचुली खबर

बाँकेमा जनमुक्ति सेनाको भेला आयोजना गरीने भएको छ । शुक्रबार जिल्लामा रहेको जनमुक्ती सेनाका पुर्व कमाण्डरहरुको भेलाले आगामी चैत्र ३० गते बृहत्त जिल्ला भेला गर्ने निर्णय गरेको छ ।

आमोवादी केन्द्रका नेता तथा जनमुक्ति सेनाका पूर्व कमाण्डर नरेन्द्र पाण्डे जेम्सका अनुसार शुक्रबारको भेला अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ । भेलाले जिल्लामा रहेका सबै जनमुक्ति सेनालाई संगठित गर्न भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।

भेलाबाट जनमुक्ति सेनाको भुमिका, जिम्मेवारी, उत्पादनमा जोड्ने कार्य, रोजगार, घाइते अपाङ्गको उपचार लगायतका विषयमा नीति, विधिसहितको कार्ययोजना पारित गर्ने तयारी गरीएको पाण्डले जानकारी दिए ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सबै जनवर्गिय संगठनहरुको पुनर्गठन गर्ने अभियान संचालन गर्दै आएको छ । जसअन्तर्गत पुर्व जनमुक्ति सेना तथा भुपु सैनिकहरुलाई समेत संगठित गर्न लागिएको पाण्डेले बताए ।

  • १४ चैत्र २०७७, शनिबार ०८:५९ प्रकाशित
  • Nabintech