गुजरातबाट आएका नेपालीमा कोरोना देखियो
  • काँचुली खबर

भारतको गुजरातबाट फर्किएका एक नेपाली युवामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको जमुनाह नाका हुँदै नेपाल प्रवेश गरेका रोल्पाका ३० वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

नाकामा गरीएको परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि ति युवालाई एम्बुलेन्स मार्फत सम्बन्धित जिल्लामा पठाईएको वलीले बताए । रोल्पाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी संक्रमित युवालाई रोल्पाकै आइसोलेसनमा राख्ने गरी पठाईएको वलीले बताए ।

छिमेकी देश भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि पछिल्लो समय जमुनाह नाका मार्फत नेपाल भित्रने नेपालीको सँख्या बढ्दै गएको छ । संक्रमण फैलनसक्ने सम्भावना बढेपछि बाँकेको जमुनाह नामा भारतबाट फर्कने सबैको कोरोना परिक्षणकालागि हेल्थ डेस्क स्थापना गरीएको छ । हेल्थ हेस्कमा सबैको सम्भावित संक्रमितको स्वाव परिक्षण गरी परिक्षण गर्ने ब्यवस्था समेत मिलाईएको कोरोना फोकल पर्सन वलीले बताए ।

  • १३ चैत्र २०७७, शुक्रबार २२:०५ प्रकाशित
  • Nabintech