कोहलपुरमा माओवादीको एक महिने जनसम्बन्ध बिस्तार अभियान
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सञ्चाल गर्ने भएको छ ।

माओवादी केन्द्र कोहलपुरको आज बसेको बिस्तारित बैठकले जिल्ला पार्टीको निर्णय बमोजिम एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्र नेता अवराज खड्काले जानकारी दिए । चैत्र १८ गतेबाट सुरु हुने अभियान अन्र्तगत जन गुनासाहरु संकलन, बिकास र निर्माणका सम्भावना बारे छलफलका साथै पार्टी सदस्यता बितरण र जनवर्णिय संगठनहरु निर्माण गरिने खड्काले जानकारी दिए ।

बिस्तारीत बैठकले बिभिन्न वडाहरुमा नेतृत्व चयन तथा हेरफेर गरेको छ । जस अन्र्तगत कोहलपुर १ को अध्यक्षमा अम्बर चन्द र सचिवमा अम्बर राना, कोहलपुर २ को अध्यक्षमा अम्बर बिक र सचिवमा कृर्ति पुन, कोहलपुर ३ को अध्यक्षमा डम्बर खत्री र सचिवमा कृष्ण चौलागाई, कोहलपुर ४ को अध्यक्षमा बसन्त पुरी र सचिवमा दिपक ढकाल, कोहलपर ५ को अध्यक्षमा तिलक कार्की र सचिवमा कमल पाठक, कोहलपुर ६ को अध्यक्षमा रामशरण थारु र सचिवमा महेश बस्नेत, कोहलपुर ७ को अध्यक्षमा छेदा थारु र सचिवमा भिम पुन, कोहलपुर ८ को अध्यक्षमा चन्द्र बहादुर बुढा र सचिवमा आशा शर्मा, कोहलपुर ९ को अध्यक्षमा ओपेन्द्र नाथ योगि र सचिवमा अहमद अलि शाई, कोहलपुर १० को अध्यक्षमा देबिलाल बोहरा र सचिवमा रोशन रावत, कोहलपुर ११ को अध्यक्षमा रेशम सापकोटा र सचिवमा युवराज भण्डारी, कोहलपुर १२ को अध्यक्षमा निरक शाही र सचिवमा पुर्ण पुन, कोहलपुर १३ को अध्यक्षमा गगन सिंह राना र सचिवमा मन बहादुर खड्का, कोहलपुर १४ को अध्यक्षमा बासु शर्मा र सचिवमा भविश्वर राना तथा कोहलपुर १५ को अध्यक्षमा जागाराम थारु र चिवमा राम बहादुर बिकलाई चयन गरीएको नेकपा आमोवादी केन्द्र कोहलपुर नगर कमिटीका संयोजक तुलाराज बिष्ट बिहानीले जानकारी दिए ।

बैठकले रिक्त नगरकमिटी र क्षेत्रीय कमिटीमा समेत मनोनयन गरेको छ ।

  • १३ चैत्र २०७७, शुक्रबार २१:०२ प्रकाशित
  • Nabintech