नरेशबाबुसहित तिनलाई ‘कोभिड हिरो’को उपाधि
  • काँचुली खबर

नोवेल कोरोना (कोभिड-१९) का दौरान देशैभरी उत्कृष्ठ भूमिका खेलेका तिन जना स्वास्थ्यकर्मी ‘कोभिड हिरो’ घोषित भएका छन । एकाउन्टविलिटि ल्यब काठमाडौंले पहिलो पटक देशभरबाट उत्कृष्ट तीन जना कर्मचारीहरुलाई ‘कोभिड हिरो’ घोषित गरेको हो ।

एकाउन्टविलिटि ल्यबले जनस्वास्थ्य अधिकृत तथा बर्दियाका कोरोना फोसल पर्सन नरेशबाबु श्रेष्ठ, जलेश्वर अस्पताल महोत्तरीको स्टाफ नर्स चण्डीका अधिकारी र धनगडी उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मी राज उपाध्यायलाई ‘कोभिड हिरो’को उपाधि प्रदान गरेको हो ।

देशैभरिबाट निरन्तर रूपमा कोभिड महामारी व्यवस्थापनमा सक्रिय र प्रभावकारी भूमिका खेलेको भनदै उनिहरुलाई ‘कोभिड हिरो’ घोषित गरीएको हो । हाल बर्दियाका कोरोना फोसल पर्सन समेत रहेका श्रेष्ठ यसअघि बाँकेमा कोरोना फोकल पर्सनका रुपमा कार्यरत थिए ।

  • १२ चैत्र २०७७, बिहीबार १८:५३ प्रकाशित
  • Nabintech