बालुवाभित्र लुकाएर सालको गोलिया (काठ) तस्करी
  • काँचुली खबर

बाँकेमा गिट्टि, बालुवा बोक्ने टिप्पर मै बहुमुल्य काठको अबैध तस्करी हुने गरेको खुलाशा भएको छ । बाँकेका नदिजन्य क्षेत्रबाट तस्करहरुले बालुवा तथा गिट्टिभित्र लुकाएर काठका गोलीया तस्कर गर्दै आएको बुधबाको घटनाबाट पुष्टि भएको छ ।

बुधबार राती ९/१० बजेतिर ईलाका प्रहरी कार्यलय कम्दिले लाखौं मूल्य बराबरको काठको गोलिया नियन्त्रण लिने क्रममा प्रहरी र तस्करबिच झडप भएको छ । राप्ती हुदै बालुवा लोड गरेर आएको ना ८ ख ८२२८ नम्बरको टिप्परमा १२ फिट लामो सालको ३ वटा गोलिया काठ भेटिएको हो । कम्दिको मिलन चोकमा खटिएका प्रहरीले टिप्पर खानतलासी गर्ने क्रममा टिप्परभित्र ६७, ५७ र ५३ सेन्टिमिटर गोलाई तथा १२ फिट लम्बाईका ३ वटा सालको गोलिया फेला परेका हुन ।

प्रहरीले उक्त टिप्पर, चालक र काठलाई नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबिच झडप समेत भएको खुल्न आएको छ । घटनामा ईलाका प्रहरी कार्यलय कम्दिमा कार्यरत प्रहरी जवान सर्वन यादव घाईते भएका छन । टिप्पर नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयतर्फ लैजाने क्रममा टिप्परभित्र रहेका ४/५ जना युवाहरुको समुहले प्रहरी माथि हातपात गरि फरार भएका छन ।

टिप्पर सहित फरार भएका तस्करहरुले काठको गोलयिा भने सोही ठाँउमा फालेर भागेका थिए । उनिहरु अझै सम्पर्कमा नआएको प्रहरी स्रोतले जनाएको छ ।

  • १२ चैत्र २०७७, बिहीबार १८:३४ प्रकाशित
  • Nabintech