नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कैफुवरा जोलहा कुटिएका छन । कुटपिटबाट घाईते भएका जोलहालाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको छ । उनको टाउको र पिठ्युँमा चोट लागेको छ ।
नागरिकताको प्रतिलिपिका लागि सिफारिस दिन २ दिन देखि आलटाल गर्दै आएको भन्दै मोहम्मद अहमद हल्वाईले अध्यक्ष जोलाह माथि हेल्मेट प्रहार गरी आक्रमण गरेका हुन् । आक्रमण गर्ने हल्वाईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अध्यक्ष जोलाहले आफूलाई मार्ने नियत राखेर हेल्मेट प्रहार गरी आक्रमण गरिएको बताए । ‘वडाध्यक्ष जोलाहले भने, ‘कुरा नबुझ्दै एकाएक आएर हेल्मेट प्रहार गरि घाईते बनाए, कर्मचारीले बचाए ।’
स्थानीयहरुका अनुसार वडा अध्यक्ष जोलाहले जन्म दर्ता देखि बिभिन्न सिफारिसका लागि जनतालाई दुःख दिदै आएका थिए । कानुन बमोजिम सिफारिस गर्ने अधिकार हुँदा हुदै पनि सिफारिस नदिएपछि आक्रोशित भएर आक्रमण गरेको एक जना स्थानीयले बताए ।
१२ चैत्र २०७७, बिहीबार १४:५० प्रकाशित