करणीको कृत्रिम आरोप लगाउने युवती कारागार चलान
  • काँचुली खबर

२५ बर्षिय युवतीले आफुलाई बलजफती जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिइन ।

प्रहरीले युवतीमाथी जबरजस्ती करणी गरेको उजुरी र युवतीको साबिति बयानको आधार निजकै चिनजानेको ब्यक्तीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि हिरासतमा लियो ।

प्रहरीले पिडितको बयानको आधारमा आवश्यक सबै अनुसन्धान प्रक्रिया पुर्याएर जिल्ला सरकारी वकीलको कार्यालय मार्फत सम्मानीत जिल्ला अदालत बाँकेमा कानुनी कारबाहीकालागि मुद्धा चल्दै गर्दा युवतीले एका-एक बयान फेरीन ।

अदालतको कठघरामा उभिएर युवतीले आफुले बयानमा उल्लेख गरेको ब्यक्तीले आफुलाई जबरजस्ती करणी नगरेको बताएपछि प्रहरी आश्चर्यमा पर्यो ।

प्रहरीलाई जवरजस्ती करणीको कृत्रिम बयान दिएकी युवतीले अदालतमा बयान फेरेपछि झुटो जाहेरी दरखास्त दिएर प्रतिकुल वयान दिएको ठहर गर्दै अदालतले १० दिन कैद र १ हजार जरिवाना गर्ने फैसला गर्यो । गत २०७३ साल कार्तिक ७ गते अदालतले उक्त फैसला गरेपछि फरार रहदै आएकी युवतीलाई प्रहरीले पुन: नियन्त्रणमा लिन सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको बिशेष प्रहरी टोलिले यहि २०७७ साल चैत्र ८ गते नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० मा लुकिछिपी बसेको अवस्थामा ति युवतीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • १२ चैत्र २०७७, बिहीबार १४:०२ प्रकाशित
  • Nabintech