प्रहरीले कोहलपुर नगरपालिका १२ स्थित एक होटलबाट ठुलो मात्रामा लागु औषध चरेश बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीलले कोहलपुर १२ चप्परगौंडीस्थित न्यु सुदूरपश्चिम स्टाफ होटलको १०१ नम्बर कोठाबाट १२ केजि चरेश बरामद गरेको हो ।
बिहिबार बेलुका होटलको कोठा छापा पार्ने क्रममा १२ किलो चरेश सहित २ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ पर्नेमा रुकुम पूर्व भुमे गाउँपालिका वडा नं. ८ बस्ने रबि पुन मगर र रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ४ बस्ने रुद्र बुढाथोकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
लागु औषधको अबैध कारोबार भैरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलिले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।
१२ चैत्र २०७७, बिहीबार १३:३२ प्रकाशित