कोरोनाको जोखिम बढेको भन्दै बाँकेमा उच्च सतर्कता अपनाईएको छ । बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडियामा किनमेलकालागि जान रोक लगाउने निर्णय गरेको छ ।
त्यसैगरी कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण लगायतका आबश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।
बैठकको निर्याय अनुसार समितिले जमुनाहस्थित सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा गर्न निर्देशन समेत दिएको छ । जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य परिक्षणको काम शुरू भएको छ ।
भारतमा कोरोना संक्रमण बढेपछि यतबेला आम नागरि नेपाल फर्किन थालेका छन । नेपाल फर्किएका केहीमा समेत कोरोना संक्रमण देखिएको छ । यसले पनि बाँके जिल्ला उच्च जोखिमा रहेको छ ।
यहि अवस्थालाई ध्यानमा राखेर बाँके स्थित विपद् समितिले नाकामा कडाई गर्नुका साथै आम नागरिकलाई भीडभाड नगर्न स्वासथ्यका मापदण्ड पालना गर्न, सुरक्षित रहन समेत आग्रह गरेको छ ।
सिडिओको अध्यक्षतामा बसेको समितिको बैठकले भारतबाट आएका नागरिकलाई जेकजाँच गरि १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने, भेरी अस्पताल लगायकता स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउने लगायतका ७ बुदे निर्णय समेत गरेको कोभिड फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
११ चैत्र २०७७, बुधबार १८:१४ प्रकाशित