बंगलादेशको अदालतले प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयासमा संलग्न १४ जना इस्लामिस्ट आतंककारीहरुमाथि मृत्युदण्डको फैसला सुनाएको छ ।
सन् २००० को चुनावी सभाको क्रममा दक्षिणपश्चिम क्षेत्रस्थित शेख हसिनाको हत्या प्रयास गरेको अभियोगमा उनीहरुविरुद्ध मंगलबार मृत्युदण्ड सुनाइएको हो ।
उक्त फैसलाले एक उदाहरण कायम गर्ने कानुनविद्हरुले जनाएका छन् । अभियुक्तहरुमध्ये ९ जनालाई जेलबाट अदालत उपस्थित गराइएको थियो ।
प्रधानमन्त्री शेख हसिना २००० जुलाइ २१ मा गोपालगन्जस्थित चुनावी सभालाई सम्बोधन गर्न जाँदा उनलाई लक्षित गर्दै कार्यक्रमस्थल नजिकै ७६ किलोग्रामको बम राखिएको थियो ।
१० चैत्र २०७७, मंगलवार १८:५७ प्रकाशित