१६ चैत्र २०८०, शुक्रबार
नेपाली चेलीले गरीन एकै खेलमा १६ गोल
  • काँचुली खबर

नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ ।

मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो ।

मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६ गोल गरिन् ।

यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् । सरुले यसअघि सियालकोट सिटी महिला फुटबल क्लबविरुद्ध पनि १० गोल गरेकी थिइन् ।

डिफेन्डर गीता रानाले २ गोल गर्दा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि २ गोल गर्न सफल भइन् । एन्जिला मासाको कप्तानको भूमीकामा छिन् ।

प्रतियोगितामा २० टिमबीच प्रतिस्पर्धा भइरहेको छ । २० टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाली खेलाडी आबद्ध मासा समूह बीमा छ ।

  • १० चैत्र २०७७, मंगलवार १८:४४ प्रकाशित
  • Nabintech