६ जेष्ठ २०८१, आईतवार
पुनरवलोकनकालागि सर्वोच्चमा जाने माओवादी केन्द्रको निर्णय
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरवलोकनमा जाँदा के-के विषय उठाउने भनेर परामर्श गरेका थिए ।

अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

  • १० चैत्र २०७७, मंगलवार १२:१८ प्रकाशित
  • Nabintech