राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बङ्गलादेश पुगेकी छन । राष्ट्रपति भण्डारी नेपाल एअरलाइन्सको चार्टड विमानमार्फत ढाका पुगेकी हुन ।
राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ढाकाको हजरात साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका छन । बङ्गलादेशको स्थल तथा वायु सेनाले राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामी र सम्मान गारद अर्पण गरेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सोमवार बिहान राष्ट्रपतिलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायत पुगेका थिए ।
आइतबार नै राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच दुई पक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा मुख्य तीन वटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
९ चैत्र २०७७, सोमबार १४:५२ प्रकाशित