६ जेष्ठ २०८१, आईतवार
१ लाख ६५ हजार सदस्यता थप्ने वाईसीएलको निर्णय
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल) ले सदस्यता थप गर्ने निर्णय गरेको छ ।

वाइसीएलको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको चौथौ पूर्ण बैठकबाट पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय भएको पनि वाइसीएलले जनाएको छ ।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रिय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्च अदालतको फैसलाले भंग गरेसँगै वाइसीएल पनि ब्युँतिएको हो ।

वाइसीएलले संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८ देखि ३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

  • ८ चैत्र २०७७, आईतवार १६:०१ प्रकाशित
  • Nabintech