बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखि पालिकास्तरिय १३औं राष्ट्रपति तथा बिद्यालय स्तरिय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जानकी गाउँपालिका वडा नम्बर-३ मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता शुरु भएको हो ।
गाउँपालिकाको आयोजनामा शुरु भएको सो प्रतियोगितामा विभिन्न बिधाका १७ वटा खेलकुद समावेश गरिएको छ । पालिका भित्र रहेका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी विभिन्न ३६ वटा विद्यालयका छात्र र छात्रा गरी ३ सय ५८ जना विद्यार्थीहरुले भाग लिएको आयोजकले जनाएको छ । आइतबारदेखि शुरु भएको खेलकुद प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको शुरुवातमा सहभागी बिभिन्न बिद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगिताको आइतबार एक समारोहबीच लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतमले उद्घाटन गरेका छन । उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सांसद गौतमले विद्यार्थीहरुको चौतर्फी बिकासका लागि पढाइ मात्र नभएर शारीरिक र मानसिक बिकासका लागि खेलकुद महत्वपूर्ण भएको बताए । उनले पढाईका साथसाथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप विद्यार्थीहरुका लागि महत्वपूर्ण रहने बताए ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय श्रीवास्तव, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादव, गाउँपालिका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना लगायतको उपस्थिति रहेको थियो ।
८ चैत्र २०७७, आईतवार १५:१८ प्रकाशित