लामो समयपछि बाँकेमा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो ।
पुरैनाकी ती महिलाको उपचारका क्रममा आईतबार बिहान २ बजेर ३८ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
कोरोना पुष्टि भएपछि उनको भेरी अस्पतालमा उपचार भइरहेको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
८ चैत्र २०७७, आईतवार १३:१० प्रकाशित