खुल्ला ब्याडमिन्टनमा दाङको टोली विजयी

बैजापुरमा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दाङको टोलीले उपाधि जितेको छ । गौतम बुद्ध ब्याडमिन्टन क्लब बैजापुरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नगद १५ हजार सहित दाङको टोलीले उपाधि जितेको क्लबका अध्यक्ष ईश्वरी के.सि.ले जानकारी दिए ।

२० वटा टिम सहभागी रहेको ब्याडमिन्टन प्रतियोगितामा नगद ७ हजार ५ सय सहित कोहलपुर दोस्रो र नगद ३ हजार ५ सय गरेर क्रमश नेपालगन्ज र शम्सेरगन्ज तेस्रो भएका छन ।

शुक्रबार र शनिवार गरेर २ दिनसम्म चलेको प्रतियोगितामा स्थानीय युवा मान बहादुर खड्का, स्वास्थ्यकर्मि मिनराज खड्का लगायत युवा ब्यबसायिहरुको आर्थिक सहयोग गरेको समेत अध्यक्ष के.सि.ले जानकारी दिए ।