बाँकेमा ओलीलाई काउन्टर : युवाको नयाँ कमिटी गठन
  • काँचुली खबर

नेकपा एमालेको भातृ संगठन युवा संघ बाँकेले जिल्ला कमिटी पुनर्गठन गरेको छ । कुस्माखर बस्यालको नेतृत्वमा ५७ सदस्यीय कमिटि पुनर्गठन गरीएको हो । युवा संघ बाँकेको शुक्रबार नेपालगंजमा सम्पन्न भेलामा निवर्तमान अध्यक्ष किशोर थापाले नयाँ कार्यसमितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरेका छन ।

यसअघि फागुन २९ गते प्रधानमन्त्री केपी शर्मा ओली पक्षले वस्याल कै नेतृत्वमा ३३५ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरेको थियो । ओली पक्षले एकपक्षिय रुपमा संगठन बिस्तार गरेपछि माधव नेपाल पक्षका युवाहरुले त्यसको बिरोध गर्दै आएका थिए । जिल्ला कमिटी संयोजक तोकिएका बस्याल स्वयमले आफ्नो अनुपस्थितीमा बिस्तार गरीएको कमिटी बैद्य नभएको भन्दै सार्वजनिक रुपमै आपत्ति जनाएका थिए ।

ओली पक्षले कमिटि बिस्तार गरेपछि त्यसको काउन्टरमा शुक्रबार युवा संघ बाँकेले नयाँ कमिटि पुनर्गठन गरेको हो । बस्यालको अध्यक्षतामा रहेको पुनर्गठित जिल्ला कमिटीको उपाध्याक्षहरुमा मिलन शाह र राजु तामाङ रहेका छन् भने सचिवमा सुनिल रसाइली चयन भएका छन् । त्यस्तै सहसचिव र कोषाध्यक्षमा क्रमश कलाममुद्दिन मनिहार र हेमन्ता चौधरी चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा प्रमुख अतिथि रत्न खत्रीले एमाले कसैको पेवा नभएको र एमाले र एमालेको भातृ संगठनमा आफ्ना भाइ भतिजा भर्ने सोच भएकाहरुले प्राइभेट कम्पनी खोल्न र भर्ती गर्न कटाक्ष गरेका छन् ।

एमाले विवादको असर : बाँकेका दुबै भातृ संगठनमा किचलो

नेता खत्रीले बाँकेको पछिल्लो घटनाक्रमलाई लक्षित गर्दै रहरले होइन चुनाव जितेर अध्यक्ष, उपाध्यक्ष र सचिव हुन समेत चेतावनी दिएका छन् । उनले रहर नै लागेको भए आफ्नो घरको कोठामा अध्यक्ष, उपाध्यक्ष वा सचिव लेखेर बस्न चेतावनी दिएका थिए ।

त्यस्तै युवा भेलामा बोल्दै नेकपा बाँकेका युवा नेता किशोर थापाले बाँकेका युवा संघका साथिहरुले देशकै नमुना कमिटिको रुपमा कार्य गर्नु हुने बिश्वास लिएको बताएका छन । त्यस्तै युवा संघ नेपालगन्ज कमिटिको अध्यक्ष र सचिवमा क्रमश प्रविण बिसि र जीवन रावल, कोहलपुर नगर कमिटिको अध्यक्ष र सचिवमा क्रमश दिपेन्द्र कुवर र कबिराज केसी खजुरा गाउँपालिका कमिटिको कमिटिको अध्यक्ष र सचिवमा क्रमश बिकास काउचा मगर र महोन भण्डारी, बैजनाथ गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश प्रेम बिष्ट र राजेन्द्र शाही, जानकी गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश केशब शर्मा र प्रदिप पाल, राप्तिसोनारी गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश समीर बिष्ट र पार्वती खड्का बटाला , डुडुवा गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश कैलाश किशोर मिश्र र हुसेन खाँ र नरैनापुर गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश गुरु वचन र सन्दिप आर्या चयन भएका छन् ।

  • ६ चैत्र २०७७, शुक्रबार १९:३० प्रकाशित
  • Nabintech