८ बैशाख २०८१, शनिबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त
  • काँचुली खबर

कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । शुक्रबार खनालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधीश राजेश्वर तिवारीले शपथ गराए ।

यसअघि मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसको आधारमा प्रदेश प्रमुख कलौनीले मुख्य न्यायाधिवक्तामा खनाललाई नियुक्त गरेका हुन् ।

यसअघिका मुख्य न्यायाधिवक्ता विद्या भुषण मानन्धरको फागुन १३ गतेदेखि लागू हुने गरि राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई नियुक्त गरिएको हो । खनाल दैलेख निवासी हुन् ।

  • ६ चैत्र २०७७, शुक्रबार १७:५१ प्रकाशित
  • Nabintech