के हो नग्न योग, किन गरिन्छ ?
  • काँचुली खबर

युगल योग, हट योग पछि न्युड योग वा नग्न योग लोकप्रिय भइरहेको छ । यसको लोकप्रियता बढ्दै गइरहेको छ । नग्न योग एक अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो कपडा निकालेर योग गर्ने गर्छन् । यो योग अमेरिका, क्यानडा, फ्रान्स, स्पेन, अष्ट्रेलिया, आदि जस्ता देशहरूमा यो योग झनै बढी प्रचलनमा छ । फिटनेसको हिसाबले यसका धेरै फाइदाहरू छन् ।

नग्न योग अहिले आम सेलिब्रेटीहरूले अपनाउने गरेका छन् । भारतमा पनि मानिसहरू यसलाई बन्द कोठामा खुल्लमखुल्ला अभ्यास गर्ने गर्छन् । हलिवुडका धेरै अनुभवी अभिनेत्रीहरू यो योग गर्छन् । नग्न योगका केही फाइदाजनक कुराहरू हुन्छन् ।

शरीर, आत्मा, दिमागको राम्रो संयोजन

जसले नग्न योगलाई असहज महसुस गर्दैनन् त्यो अवस्थामा पुगेपछि मान्छेले आफूले आफैँलाई अरूभन्दा फरक देख्न थाल्छ । उसको दिमाग शान्त रहन्छ र शरीर र आत्मा पनि उत्तम अवस्थामा पुग्छ । यदि तपाईंमा डिप्रेसन वा तनावको समस्या छ भने त्यस्तो अवस्थामा आफैँलाई एउटा कोठामा बन्द गर्नुहोस् र नग्न योगको अभ्यास सुरू गर्नुहोस् । एक शोधले पत्ता लगाएको छ कि नग्न योग गर्ने मान्छेले आफूलाई स्वतन्त्र महसुस गर्छन् । तपाईंको मानसिक विकास तब मात्र सम्भव छ जब तपाईंको आत्माले तपाईंको शरीर र दिमागलाई बुझ्न सक्छ ।

सुधारिएको शरीर आसन

त्यहाँ धेरै आसनहरू छन् जसमा उचित आसन वस्त्र लगाएर योग गर्ने गरिन्छ । यदि तपाईं नग्न हुनुहुन्छ भने तपाईंले अझ राम्रो फाइदा पाउनुहुनेछ । नग्न अवस्थामा, तपाईंले आफ्नो शरीरलाई आफ्नो इच्छा अनुसार ढाल्न सक्नुहुन्छ । यसमा कुनै कठिनाइ हुँदैन ।

आत्मविश्वास बढाउन

नग्न योग गर्दा तपाईं आफूले आफैँलाई पूर्ण रूपमा आरामको अवस्थामा पाउनु हुनेछ । यसो गर्दा तपाईंमा आत्मविश्वास पनि बढ्छ र सकारात्मकता भावको विकास पनि हुन्छ । नियमित यस्तो अभ्यास गर्दा तपाईंमा चिन्ता, थकान र डिप्रेसन जस्ता मबै समस्याहरू हटेर जान्छ । तपाईं आफैंलाई राम्ररी बुझ्न थाल्नुहुनेछ र आफैंलाई पनि स्वीकार्न सक्नुहुनेछ ।

सुन्दरतामा निखार

नग्न योग प्रशिक्षकहरू विश्वास गर्छन् कि नग्न योग गर्दा छालामा सुधार हुन्छ । यस योगको साथ तपाईंको शरीरको आकार पनि राम्रो हुन थाल्छ । यो योगको नियमित अभ्यासको साथ तनाव र उदासीनताबाट छुटकारा पाउन र एक राम्रो मुडको साथ सौन्दर्यमा सुधार ल्याउन समेत यसले सहयोग गर्छ ।

कसरी गर्ने नग्न योग

नग्न योग प्रदर्शन गर्नुअघि आफैँलाई मानसिक रुपमा तयार राख्नुपर्छ । यसले तपाईंलाई अप्ठ्यारो महसुस हुन सक्छ । त्यसबाट जोगिनुपर्छ । नग्न योग आफ्नो घरमा ढोका थुनेर एक्लै बसेर पनि गर्न सकिन्छ । बिस्तारै यसको आसन बुझेर अघि बढ्दै जाँदा लाज पनि हराउँदै जान्छ ।

यदि तपाईं एक्लो योग गर्दै हुनुहुन्छ भने सोलो पोजमा रहनुहोस् । गलत आसनले पनि क्षति निम्त्याउन सक्छ । नग्न योग गर्नुअघि म्याट फैलाउनुहोस् र नुहाएपछि मात्र यो योग गर्न सुरु गर्नुहोस् । यो शारीरिक तथा मानसिक लाभ हाँसिल हुनेछ । नग्न योग वास्तवमा शरीर र दिमागका लागि राम्रो मानिन्छ । यो हाथायोगिसको उपहार हो । यस लेखमा वा प्रशिक्षकको सल्लाहमा दिइएका तरिकाहरू अपनाएर नग्न योग गर्नुहोस् ।

  • ६ चैत्र २०७७, शुक्रबार १६:३० प्रकाशित
  • Nabintech