महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताकाका रुपमा अधिवक्ता रमेश बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
अग्नि खरेलले आज महान्यायाधिवक्ताबा राजिनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन।
बडाल नेपाल बार एशोसियसनको उपाध्यक्षमा निर्वाचन समेत लडेका थिए । बडाल निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।
६ चैत्र २०७७, शुक्रबार १४:५७ प्रकाशित