महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । यसबारे उनले केही बेरपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछन् । केही दिनअघि राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएको स्रोतको भनाइ छ ।
यसअघि संसद् विघटनबारे सर्वोच्च अदालतको फैसलापछि पनि उनले राजीनामा दिने चर्चा चलेको थियो । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।
पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
६ चैत्र २०७७, शुक्रबार १४:०६ प्रकाशित