मान्छे खान पल्किएको अर्को बाघ नियन्त्रणमा
  • काँचुली खबर

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने अर्को बाघलाई पनि नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नेपाल-भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको हो ।

यसअघि बुधवार (हिजो) बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो । बिहीवार अन्दाजी १० वर्षको भाले पाटेबाघलाई टोलीले नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले बताए ।

बुधबार मात्रै बर्दियाको गेरुवा क्षेत्रबाट बर्दिया निकुञ्जको टोलीले एक बुढो भाले पाटेबाघ नियत्रणमा लिएको थियो । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ ।

बिहीवार नियन्त्रणमा लिइएको बाघले एक वर्षमा पाँच जनालाई आक्रमण गरेको अनुमान छ । पछिल्लो पटक गएको मङ्गलवार एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्ज र डिभिजन वन कार्यालयको टोलीले अनुगमन गर्दै आएका छन् । बाघको आक्रमणबाट राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

नियन्त्रणमा आयो बर्दियाको नरभक्षी पाटेबाघ

  • ५ चैत्र २०७७, बिहीबार १९:१९ प्रकाशित
  • Nabintech