१३ बैशाख २०८१, बिहीबार
च्याम्पियन्स लिगको क्वाटरफाइनल ८ टिम
  • काँचुली खबर

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ ।

अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो ।

चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब क्वाटरफाइनल पुगेका छन् । यस्तै जर्मनीबाट बार्यन र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेका छन् ।

यस बाहेक स्पेनबाट सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिडमात्र क्वाटरफाइनल पुगेको छ । स्पानिस क्लबहरु बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया भने अन्तिम १६ बाटै बाहिरिए ।

फ्रान्सबाट पेरिस सेन्ट जर्मने पीएसजी र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगेका छन् । युरोपको शीर्ष पाँच लिगमध्ये इटालियन सिरी ए बाट भने कुनै टोली क्वाटरफाइनल पुग्न सकेनन् ।

इटालियन क्लब युभेन्ट्स, लाजियो र एटलान्टा अन्तिम १६ बाटै बाहिरिएका हुन् ।

क्वाटरफाइनल पुगेकामध्ये म्यानचेष्टर सिटी र पीएसजी बाहेक अरु ६ क्लब पूर्वविजेता समेत हुन् । पीएसजी गत सिजन फाइनल पुगेपनि बार्यनसँग पराजित भएको थियो । सिटीको उत्कृष्ट नतिजा २०१६ मा सेमिफाइनल पुग्नु थियो ।

अब क्वाटरफाइनल र सेमिफाइनलका लागि शुक्रबार स्वीट्जरल्याण्डको नियोनमा हुनेछ । क्वाटरफाइनलको पहिलो लिगका खेलहरु अप्रिल ६/७ मा हुनेछ भने दोस्रो लेग अप्रिल १३/१४ मा हुनेछ ।

यस्तै सेमिफाइनलको पहिलो लेगका खेलहरु अप्रिल २७/२८ मा हुनेछ भने दोस्रो ग मे ४/५ मा हुनेछ ।

फाइनल खेल मे २९ मा टर्कीको स्तानबुलस्थित आटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

  • ५ चैत्र २०७७, बिहीबार ०८:३१ प्रकाशित
  • Nabintech