बाँकेको कोहलपुर नगरपालिका १० चटारमा बुधबार ठुलो दुर्घटना टरेको छ । चटारस्थित शिव मन्दीर नजिकै रहेको लिनखदास थारुको परालको टौवामा बुधबार दिउँसो आगलागी भएको थियो । परालको टौवामा आगलागी भएपछि नजिकै रहेको भुलानटार थारुको घर समेत जोखिममा परेको थियो । तर समयमै स्थानियहरुको सक्रियतामा आगलागी नियन्त्रणमा लिईएपछि ठुलो दुर्घटना टरेको हो ।
१० नं. वडका वडा सदस्य ओम प्रकाश वर्णवालका अनुसार स्थानियहरुको सक्रियता तथा समयमै दमकलको उपलब्धताका कारण आगलागी नियन्त्रणमा आएको थियो । दिउँसो २ बजेको समयमा परालको टौवामा सल्केको आयो निभाउन कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरीएको थियो । समयमै आगलागी नियन्त्रणमा आएका कारण थप कुनै भौतीक तथा मानविय क्षती नभएको वर्णवालले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आगालागीबाट लिखनदास थारुको परालको टौवा खरानी भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

४ चैत्र २०७७, बुधबार १७:४३ प्रकाशित