नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार गरेको हो ।
बैठकमा सभामुखसहित संसदीय दलका २० सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेको दलका नेता कँडेलले जानकारी दिए । तर नेपाल समूहका ९ जना सांसद भने उपस्थित भएनन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दलको बैठकबारे जानकारी भएपनि आफूहरु नेपाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन गएको सांसद सुशील थापाले बताए ।
तर दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बुधबारको बैठकले भने संसदीय दलको बैठकमा अनुपस्थित ९ जना नेपाल समूहका सांसदलाई लिखित स्पष्टीकरण माग गरेको छ ।
‘बैठकमा उपस्थित नहुनुको लिखित स्पष्टीकण सोध्ने आजको बैठकले निर्णय गरेको छ,’ नेता कँडेलले भने, ‘त्यसका अलावा नेकपा एमालेबाट सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिने निर्णय गरेका छौ ।’
४ चैत्र २०७७, बुधबार १६:१७ प्रकाशित