प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बस्दैछ । दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्दैछ । अघिल्लो दिन सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरेको थियो ।
त्यसपछि दुई पटक बसेको प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था समिति बस्न सकेको थिएन ।
आजको बैठकमा भने नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रतिनिधिलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
२ चैत्र २०७७, सोमबार १२:०६ प्रकाशित