पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रम सम्पन्न
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ११ मा विभिन्न पार्टी परित्याग गरि ८१ जना राप्रपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमसंगै ट्रेड युनियन महासंघ नेपाल (टुकोन) अन्तर्गत नेपाल निर्माण श्रमिक संघ र कोहलपुर वडा नं. ११ को महिला संगठनको वडा कार्यसमिति गठन भएको छ ।

नेपाल निर्माण श्रमिक संघ आशाराम थारुको संयोजकत्वमा र रिता थारुको अध्यक्षतामा ९ सदस्यीय वडा कार्यसमिति गठन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य हिक्मत ढकालले राप्रपालाई अग्रणी शक्तिकारूपमा स्थापित गर्नुपर्ने चुनौती र महाधिवेशनलाई मध्यनजर गर्दै विभिन्न भातृ संगठनहरुलाई मजबुद गराउदै सशक्त अभियानलाई जोड दिएको बताएका छन् ।

कार्यक्रमका अतिथि ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का लुम्बिनी प्रदेश संयोजक प्रेम खत्री, राप्रपा जिल्ला उपाध्यक्ष ज्योतिलाल भण्डारी, राप्रपा क्षेत्र नं. १ का क्षेत्रिय संयोजक एवं जिल्ला कोषाध्यक्ष यम बहादुर रावत, जिल्ला सदस्य अर्जुन जंग शाह, राप्रपा महिला संगठन नगर अध्यक्ष लक्ष्मी हमाल, टुकोन नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए ।

  • १ चैत्र २०७७, आईतवार २२:२७ प्रकाशित
  • Nabintech