१३ बैशाख २०८१, बिहीबार
एमाले छाडेर माओवादीमै फर्किए सांसद विष्ट
  • काँचुली खबर

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहको केन्द्रीय सदस्य बनेका माओवादीका प्रदेशसभा फेरि माओवादी केन्द्रमै फर्किएका छन् । सुर्खेतबाट निर्वाचित साँसद ठम्मर विष्ट नेकपा माओवादी केन्द्रमै फर्किएका हुन ।

दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका साँसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका हुन् । आइतबार साँसद विष्ट र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएपछि उनी माओवादीमै फर्किएको बताईएको छ ।

विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

  • १ चैत्र २०७७, आईतवार १९:१७ प्रकाशित
  • Nabintech