१४ बैशाख २०८१, शुक्रबार
सिराहामा बम विष्फोट, घटनास्थलमा गोइत समूहको पर्चा भेटियो
  • काँचुली खबर

सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी शर्माले जानकारी दिए । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।

विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

  • १ चैत्र २०७७, आईतवार १५:१७ प्रकाशित
  • Nabintech