राप्रपा निकट कोहलपुर नगरपालिका महिला संगठनले वडा नं. १३ को वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण गरेको छ । शनिबार छुपु कुमारी डाँगीको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरीएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य हिक्मत ढकालले नेपालमा काङ्ग्रेस र कम्युनिष्ट असफल साबित भएकाले मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । राप्रपाको आगामी महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न समेत उनले सबैलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा राप्रपा जिल्ला कोषाध्यक्ष तथा क्षेत्र नं. १ का संयोजक यमबहादुर रावत, राप्रपा बाँकेका जिल्ला सदस्य लालबहादुर वलि, अर्जुन जंग शाह लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए ।
महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको राप्रपा बाँकेका प्रवक्ता श्रीधर सुवेदीले जानकारी दिए ।
२९ फाल्गुन २०७७, शनिबार २०:१४ प्रकाशित