बर्दिया निकुञ्ज क्षेत्रमा प्रवेश निषेध
  • काँचुली खबर

बर्दियामा नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको जनाएको हो ।

बाघको आक्रमणबाट चालु आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइससकेको छ । आहारको खोजीमा निस्कने बाघले मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीय प्रशासनले स्थानीयलाई वनक्षेत्रमा प्रवेश नगर्न सूचना जारी गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हाल वन्यजन्तुको बढ्दो आक्रमणबाट बच्न आगामी १० दिनसम्म सम्भावित जोखिम युक्त बनक्षेत्रमा प्रवेश नगर्न, उक्त क्षेत्रमा सडकमा आवागमन गर्दा रात्रीको समयमा पैदल यात्रा, साइकल तथा मोटरसाइकलबाट यात्रा नगर्न तथा सुरक्षाका भरपर्दो तरिका अपनाउन हुन सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौ । सूचनामा भनिएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानिसहरुको हिडडुल बढी हुने गरेको छ । त्यस्तै जिविको पार्जनका लागि त्यसक्षेत्रका नागरिकहरु वनक्षेत्रमा जाने गरेका छन् । जस्का कारण उनीहरु बाघको शिकार हुने गरेको पाइएको छ ।

  • २८ फाल्गुन २०७७, शुक्रबार १२:२० प्रकाशित
  • Nabintech