सोमबार राती एक्कासी बेहोस भई उपचारका क्रममा मृत्यु भएकी सञ्चारकर्मी अनुपा सिंह राजवंशीको निधनको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ ।
बाँके प्रहरीका अनुसार, पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको स्पष्ट कारण खुल्न नसक्ने देखिएपछि भिसेरा परीक्षण गर्न लागिएको हो । ‘करेन्ट लागेको वा डुबेको भन्ने प्राइमरी इन्फरमेशन सही देखिएन’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामांगले भने, ‘कुनै दुर्घटना हो वा स्वभाविक मृत्यु हो भन्ने बारे एकिन गर्न पनि भिसेरा रिपोर्ट जरुरी देखियो ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार, भिसेरा परीक्षणले अनुपाले सेवन गरेको ‘ड्रिङ्क्स’मा विषादी मिसिएको-नमिसिएको एकिन गर्नेछ । ‘उनलाई कसैले विषादी खुवाएको रहेछ भने भिसेरा रिपोर्टले बोल्छ’, प्रहरी प्रधान कार्यालय स्थित प्रयोगशालामा जाँच गरिने भिसेराको रिपोर्ट आउन १५-२० लाग्न सक्ने जानकारी दिंदै प्रहरी उपरीक्षक तामांगले त्यसअघि मृत्युको कारण यसै भन्न नसकिने बताए । ‘कही, कतै देखिने मृत्युका कारण पाइएन’, उनले भने, ‘घटनाको हरेक एङ्गलबाट अनुसन्धान गरिरहेका छौं ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार दिवंगत अनुपा सिंह राजवंशीका श्रीमान्, आमा लगायत परिवार र साथी, संगतीहरुसँग विभिन्न चरणको बयान लिएको छ । बयानका क्रममा न्यून रक्तचापका कारण बेलाबेला अनुपा अस्वस्थ हुने गरेको जानकारी परिवार दिएको बताइएको छ ।
पीडित परिवारले अनुपाका पिता वैदेशिक रोजगारमा रहेकाले दाहसंस्कार समेत गरेको छैन । अनुपाकी आमा र श्रीमान लगायतको परिवार घटनापछि भावविव्हल अवस्थामा रहेको परिवार स्रोतले जनाएको छ ।
साभार : दैनिक देपालगन्ज
७ असार २०७५, बिहीबार १७:३२ प्रकाशित