बर्दियाको मधुवन नगरपालिका-३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
मधुवन-३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताए ।
नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उनले जनकारी दिए ।
२६ फाल्गुन २०७७, बुधबार २१:४७ प्रकाशित